काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का, बलर करण केसी र अलराउण्डर कुशल मल्ल युएई प्रस्थान गरेका छन् ।
युएईमा आयोजना हुने टी-१० लिगका लागि पारस, करण र कुशल बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।
पारस टी-१० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहेका छन् ।
यस्तै आबुधाबीबाट कुशलले खेल्नेछन् । करण भने पुने डेभिल्समा रहेका छन् ।
नेपालका अर्का खेलाडी सोमपाल कामीले अरेबियन्सबाट खेल्ने छन् ।
सोमपाल भने यस अघि नै युएई प्रस्थान गरिसकेका छन् ।
टी-१० लिगकै कारण सोमपाल, कुशल र सोमपालले राजधानीमा जारी प्रधानमन्त्री कप क्रिकेट खेलेनन् ।
पारसले भने एक खेल खेलेका थिए ।
टी-१० लिग जनवरी २८ देखि फेब्रुअरी ६ सम्म संचालन हुनेछ ।