एजेन्सी । श्रीलंका क्रिकेट टिमका कप्तान दिमुथ करुणारत्नेले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट गुमाउने भएका छन् ।
हातको औलाको चोट बोकेका कप्तान करुणारत्नेले दोस्रो टेस्ट गुमाउने भएका हुन् ।
ओपनर ब्याट्सम्यान करुणारत्ने टिममा नभएपछि श्रीलंकाको कप्तानी दिनेश चण्डीमालले गर्ने छन् ।
घरेलु टिम श्रीलंका र इंग्ल्यान्डबीचको दोस्रो टेस्ट शुक्रबार गालेमा सुरु हुनेछ ।
दुई खेलको टेस्ट सिरिजमा इंग्ल्यान्ड १-० ले अघि रहेको छ ।
पहिलो टेस्टमा इंग्ल्यान्डले ७ विकेटले हराएको थियो ।
यस्तै श्रीलंकाले कुशल मेन्डिससहित अन्य ५ खेलाडीलाई समेत रिलिज गरेको छ ।