काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबलाई जित लागि १ सय ११ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३३ ओभर १ बलमा अलआउट हुँदै १ सय १० रनमा समेटियो ।
सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ४० रन बनाए । यस्तै सन्जु धामीले ३५ रन जोडे ।
अरुण ऐरी १३ रनमा आउट हुँदा अर्जुन साउदले १० रन बनाए ।
पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ४/४ विकेट लिए ।
आज दुबै टिम पहिलो जितको खोजीमा रहेका छन् ।
समूह 'बी' मा रहेको पुलिस पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएको थियो ।
यस्तै सुदूरपश्चिम पनि पहिलो खेलमा बागमतीसँग नै पराजित भएको थियो ।