एजेन्सी । भारतविरुद्धको चौथो तथा अन्तिम टेस्टको पहिलो इनिङ्समा अष्ट्रेलियाले अलआउट हुँदै ३ सय ६९ रन बनाएको छ ।
ब्रिसबेनमा जारी टेस्टको दोस्रो दिन शनिबार अष्ट्रेलिया ३ सय ६९ रन जोडेर अलआउट भएको हो ।
पहिलो दिन अष्ट्रेलियाले पाँच विकेट गुमाएर २ सय ७४ बनाएको थियो ।
अष्ट्रेलियाका लागि मार्नस लाबुसेनले शतक बनाए । लाबुसेन १ सय ८ रन बनाएर आउट भए ।
कप्तान टिम पेनले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा क्यामरुन ग्रिनले ४७ रन बनाए ।
यस्तै पूर्व कप्तान स्टिभ स्मिथले ३६ र म्याथ्यु वेडले ४५ रन जोडे ।
नाथन लायन २४ रनमा आउट हुँदा मिचेल सतर्क २० रनमा अविजित रहे ।
भारतका टी-नटराजन र सार्दुल ठाकुरले ३/३ विकेट लिए ।
दुई टिमबीचको ४ खेलको सिरिज १-१ को बराबरीमा रहेको छ ।
अन्तिम टेस्ट निर्णायक टेस्टको रुपमा रहेको छ ।