एजेन्सी । घरेलु टिम श्रीलंकाविरुद्धको पहिलो टेस्टको दोस्रो दिन इंग्ल्यान्डले अग्रता बनाएको छ ।
गालेमा वर्षाले प्रभावित दोस्रो दिनको खेल सकिदा शुक्रबार इंग्ल्यान्डले १ सय ८५ रनको अग्रता बनाएको छ ।
पहिलो इनिङ्समा इंग्ल्यान्डले ४ विकेट गुमाएर ३ सय २० रन बनाएको छ ।
इंग्ल्यान्डका लागि कप्तान जोए रुट १ सय ६८ रन बनाएर खेलिररहेका छन् । जोस बटलर ७ रनमा अविजित छन् ।
त्यसअघि इंग्ल्यान्डका लागि डन लरेन्सले ७३ रन बनाए । जोनी बेयर्सटो ४७ रनमा आउट भए ।
श्रीलंकाका लासिथले ३ विकेट लिए ।
यसअघि श्रीलंका पहिलो इनिङ्समा १ सय ३५ रन जोड्दा अलआउट भएको थियो ।
श्रीलंकाका कप्तान दिनेश चण्डीमालले सर्वाधिक २८ रन जोड्दा एन्जेलो म्याथ्युजले २७ रन बनाए ।
यस्तै डसुन सनकाले २३, कुशल परेराले २० र हसरंगा डी सिल्भाले १९ रन बनाए ।
इंग्ल्यान्डका डम बेसले सर्वाधिक ५ विकेट लिए । स्टुवार्ड बोर्डले ३ विकेट लिए ।
घरेलु टिमसँगको दुई खेलको टेस्ट सिरिजका लागि इंग्ल्यान्ड श्रीलंकामा रहेको छ ।
दुई टिमबीचको दोस्रो टेस्ट २२ जनवरीमा सुरु हुनेछ ।