काठमाडौं । चितवन क्रिकेट एसोसियसनले बागमती प्रदेश क्रिकेट टिम छनोट खेलको उपाधि जितेको छ ।
मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा काठमाडौं जिल्लालाई १ सय ९३ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो ।
चितवनले दिएको २ सय ६१ रनको लक्ष्य पछ्याएको काठमाडौं २५ ओभर ४ बलमा अलआउट हुँदै ६७ रनमा समेटियो ।
काठमाडौंका रजत तिमल्सिनाले सर्वाधिक १५ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
चितवनका संघर्ष पौडेलले ५ विकेट लिए । दिपेश श्रेष्ठको नाममा २ विकेट रह्यो ।
यस अघि पहिले ब्याटिङ गरेको चितवनले ४० ओभरमा ६ विकेट गुमाएर २ सय ६० रन बनाएको थियो ।
चितवनका लागि आकाश थापाले १ सय ३६ रनको शतकीय इनिङ्स खेले ।
गौतम केसीले ३२ रन जोड्दा प्रतिक श्रेष्ठले २५ तथा रोविन शर्माले २४ रन बनाए ।
काठमाडौंका चन्द्र कुमार बुढा, सुमन उदय, सन्जम रेग्मी र अरियो पौडेलले १/१ विकेट लिए ।