एजेन्सी । कप्तान केन विलियमसनले दोहोरो शतकीय इनिङ्स खेलेपछि पाकिस्तानविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा न्युजिल्याण्डले उच्च योगफल तयार गरेको छ ।
क्राइस्टचर्चमा मंगलबार न्युजिल्याण्डले पहिलो इनिङ्समा ६ विकेट गुमाएर ६ सय ५९ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको छ ।
न्युजिल्याण्डको उच्च योगफलमा विलियमसनले २ सय ३८ रन बनाए । यस्तै हेनरी निकोल्सले १ सय ५७ रन बनाए ।
त्यस्तै ड्यारल मिचेलले अविजित रहदै १ सय २ रन बनाए ।
पाकिस्तानका शहिन शाह अफ्रिदी,मोहम्मद अब्बास र फहिम आश्रफले २/२ विकेट लिए ।
न्युजिल्याण्डले इनिङ्स समाप्तिको घोषणा गरेपछि पाकिस्तानले दोस्रो इनिङ्स सुरु गरेको छ ।
दोस्रो इनिङ्समा पाकिस्तानले १ विकेट गुमाएर ८ रन जोडेको छ ।
पाकिस्तान ३ सय ५४ रनले पछाडी रहेको छ ।
यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङ्समा २ सय ९७ रन बनाएको थियो ।
उसका अजहर अलीले ९३ रन जोड्दा मोहमद रिजवानले ६१ रन बनाए ।
फाहिम आश्रफले ४८ रन जोड्दा जफर गोहारले ३४ रन बनाए ।
न्युजिल्याण्डका केली जेमिसनले ५ विकेट लिए ।
आईसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गतको दुई खेलको सिरिजमा न्युजिल्याण्ड १-० ले अघि रहेको छ ।
पहिलो टेस्टमा न्युजिल्याण्डले पाकिस्तानलाई १ सय १ रनले हराएको थियो ।