एजेन्सी । भारतविरुद्धको दोस्रो टेष्ट क्रिकेटको पहिलो दिन अष्ट्रेलिया १ सय ९५ रनमा अलआउट भएको छ ।
भारतीय बलर हाबी भएको खेलमा जसप्रीत बुमराहले सर्वाधिक ४ विकेट लिए । रविचन्द्रन आश्विनले ३ तथा टेष्टमा डेब्यु गरेको मोहम्मद सिराजले दुई तथा रविन्द्र जडेजाले एक विकेट लिए ।
अष्ट्रेलियाको पहिलो ईनिङ्मा मार्नस लाबुस्चगनेले ४८ रन बनाए ।
यस्तै, ट्रेविस हेडले ३८ रनको ईनिङ्स खेले । म्याथ्यु वेडले ३० रन बनाए । स्टार ब्याट्सम्यान स्टेभन स्मिम शुन्य रनमा आउट भए । स्मिथ आउट भएपछि अष्ट्रेलियाको ब्याटिङ्ग लाईन बिग्रिएको थियो ।
मेलबर्न टेष्टमा टस हारेपछि भारतीय टिमलाई स्मिथको मुख्य डर रहेको थियो । तर भारतीय अफ स्पिनर रविचन्द्रन आश्विनले स्मिथलाई शुन्य रनमा आउट गराए ।
जवाफी ब्याटिङ्गमा भारतले ११ ओभरमा १ विकेट गुमाएर ३६ रन सहित दिन समाप्तिको घोषणा गर्यो ।
मयाङ्ग अग्रवाल शुन्य रनमा मिचेल स्टार्चको बलमा बोल्ड भए । सुवमन गिली २८ र चेतेश्वर पुजारा ७ रनमा अविजित छन् ।
चार म्याचको टेष्ट सिरिजमा घरेलु टोली अष्ट्रेलिया १–० ले अघि छ ।