एजेन्सी । अष्ट्रेलियाका ब्याट्सम्यान स्टेभन स्मिथ भारतविरुद्धको दोस्रो टेष्ट क्रिकेटको पहिलो ईनिङ्समा शुन्य रनमा आउट भएका छन् ।
मेलबर्नमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाका स्मिथ शुन्य रनमा आउट भएका हुन् ।
उनले ८ बलको सामना गर्दै बिना रन चेतेश्वर पुजाराको हातबाट क्याच आउट भए ।
उनी पहिलो पटक भारतीय टिमविरुद्ध बिना कुनै रन आउट भएका हुन् ।
भारतविरुद्ध राम्रो रेकर्ड रहेका स्मिथले ८४ दशमलव ०५ औसतमा १० खेलमा १४ सय २९ रन बनाईसकेका छन् । यसका दौरान १० शतक प्रहार गरेका छन् ।
बेलबर्नमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले खराब सुरुवात गरेको छ । पहिलो दिनको दोस्रो सेसनसम्म उसले १ सय २५ रन बनाउन ४ विकेट गुमाईसकेको छ ।
स्टिभ सहित जोए बन्र्स समेत शुन्य रनमा आउट भए । बन्र्स जसप्रीत बुम्राहाको बलमा ऋषभ पन्तबाट समातिए । म्याथ्यु वेड ३० र टे«भिस हेड ३८ रनमा आउट भए ।
म्याथ्युलाई रविचन्द्रन आश्विनले रविन्द्र जडेजाको हातबाट क्याच आउट गराउँदा ट्रेभिसलाई बुम्राहाले कप्तान आजिंक्या राहानेबाट धरापमा पारे ।
पहिलो टेष्टमा कीर्तिमान हार ब्यहोरेको भारत दोस्रो टेष्टमार्फत कमब्याक गर्ने लक्ष्यमा रहेको छ ।
तीन म्याचको सिरिजमा घरेलु टोली अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।