शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

माघ ७ मा महिला लिग !

शुक्रबार, २६ मंसिर २०७७नमीन ढकाल
माघ ७ मा महिला लिग !

फाइल तस्बिर

Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले माघकाे दोस्रो साताबाट महिला लिग सुरु गर्ने भएको छ ।

बिहीबार बसेकाे कार्य समिति बैठकबाट पारित वार्षिक कार्यक्रम अनुसार एन्फाले महिला लिग माघ ७ बाट संचालन गर्ने तयारी गरेको हो ।

एन्फा महिला विभाग प्रमुख हरि खड्काले माघ दोस्रो साताबाट महिला लिग संचालनमा आउने खेलपाटीलाई जानकारी गराए ।

‘माघ पहिलो साता या दोस्रो साताबाट सुरु हुने गरि तयारी गरिरहेको छौं । अहिलेको योजना अनुसार अघि बढ्यौं भने ७ गते सुरु गर्छौं ।’  महिला विभाग प्रमुख समेत रहेका खड्काले भने ।

यसअघिनै जिल्ला छनोट तथा नगर छनोटसँगै ४ टोली तयार गरेको एन्फाले फाइनल चरणमा विभागीय ३ टोली सहित ७ टोलीलाई महिला लिगमा प्रतिस्पर्धा गराउन लागेको छ ।

यसअघि रुपन्देहीमा भएको छनोट प्रतियोगिताबाट आयोजक चन्द्रपुर नगरपालिका, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका र विराटनगरपालिका प्रतियोगिताको लागि छनोट भएका थिए ।

महिला विभाग र एन्फाले गत बैशाखमा प्रतियोगिता संचालनमा ल्याउने तयारी गरेपनि कोरोना महामारिपछि प्रतियाेगिता स्थगित भएकाे थियाे ।

एन्फाले हाल मौखिक रुपमा प्रतियोगितामा सहभागी ४ टिमलाई तयारीका लागि बताएपनि केही दिनमा पत्राचार गर्ने बताएकाे छ ।

सरकारले खेलकुद क्षेत्रको प्रशिक्षण सुरु गर्न स्विकृती प्रदान गरेसँगै विभागीय तीन टिम (आर्मी, पुलिस र एपीएफ) ले प्रशिक्षण सुरु गरिसकेका छन् ।

‘हामीले मौखिक रुपमा सहभागी टोलीलाई जानकारी गराईसकेका छौं । पत्र मात्रै पठाउन बाँकी छ ।’ खड्काले भने ।

एन्फाको बिहीबार बसेको कार्यसमितीको बैठकले यसअघि मासिक ७ हजार तलब पाउँदै आएका महिला खेलाडीकाे तलब वृद्धि गर्दै पुरुष सरह १८ हजार दिने निर्णय गरेको छ ।

यस्तै, एन्फाले काठमाडौंमा माघ ६ गते साधारण सभा गर्ने निर्णय गरेको छ । साधारण सभा भोलि पल्टै एन्फाले महिला लिग सुरु गर्ने तयारी गरेको हो ।

गत मसिंरमा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) र सेनाले आयोजना गरेको प्रधानसेनापति कप यता सिनियर महिला खेलाडी प्रतियोगिता विहिन रहँदै आएका थिए ।

एन्फाको वार्षिक कार्यक्रम अनुसार कोरोना महामारिपछि नेपालमा सुरु हुने फुटबल प्रतियोगिता महिला लिग पहिलो प्रतियोगिता हुनेछ । एन्फाले कोभिडकाे प्रभाव हेरेर दर्शक सहितकाे महिला लिगकाे याेजना बनाएकाे छ । 

‘मैदानमा दर्शक प्रवेशका लागि पनि तयारी गरिरहको छौं । कोरोना स्वास्थ्य मापदण्ड अपनाउँदै दर्शकलाई प्रवेश गराउने योजना छ ।’ खड्का भन्छन् ।

यसअघि मोफसलमा लिग खेलाउने तयारी गरेको एन्फाले कोरोनाकै कारण प्रतियोगिता उपत्यका बाहिर नलैजाने भएकाे छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ