आर्सनलमाथि टोटेनहमको सहज जित
आइतबार, २१ मंसिर २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले आर्सनललाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा टोटेनहमले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सन र ह्यारी केनले एक एक गोल गरे ।
टोटेनहमले दुबै गोल पहिलो हाफमा गरेको थियो ।
खेलको १३ औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई १-० को अग्रता दिलाएका थिए । केनको पासमा सनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।
त्यसपछि पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै टोटेनहमलाई २-० को जित दिलाए । केनको गोलमा सनले पास उपलब्ध गराएका थिए ।
जितसँगै टोटेनहम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
टोटेनहमले ११ खेलमा २४ अंक जोडेको छ ।
आर्सनल १४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।






-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)


