शुक्रबार, असोज ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. बार्सिलोनाका अन्तरिम अध्यक्षको आलोचना

बार्सिलोनाका अन्तरिम अध्यक्षको आलोचना

२०२० डिसेम्बर ४, शुक्रबारखेलपाटी संवाददाता

बार्सिलोनाका अन्तरिम अध्यक्षको आलोचना

एजेन्सी । बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले क्लबका अन्तरिम अध्यक्ष कार्लोस टस्केट्सको प्रतिक्रियाको आलोचना गरेका छन् ।

लियोनल मेस्सीको बिषयलाई लिएर अन्तरिम अध्यक्षले दिएको अभिब्यक्तिलाई प्रशिक्षक कोम्यानले आलोचना गरेका हुन् ।

अन्तरिम अध्यक्ष टस्केट्सले लियोनल मेस्सीलाई आगामी समर ट्रान्सफरमा बेच्नुपर्ने धारणा राखेका थिए ।

उनले ३३ वर्षिय फरवार्डलाई बेच्न आवश्यक रहेको भन्दै त्यसले क्लबलाई आर्थिक रुपमा फाईदा पुग्ने धारणा राखेका हुन् ।

मेस्सीको क्लबसंगको सम्झौता यस सिजनको अन्त्यसंगै सकिदैछ । उनी यस सिजनको अन्त्यसंगै क्लबबाट बाहिरिन सक्नेछन् ।

‘मलाई मतलब छैन, क्लबको बाहिर के भनिएको छ । तर क्लब भित्र यस प्रकारको टिप्पणीले हामीलाई आफ्नो काम गर्न जुन चिज आवश्यकता छ, त्यो गर्न सहयोग गर्ने छैन ।’ कोम्यानले भने ।

‘हामी यो भन्न सक्दैनौ, बाहिर के भनिएको छ । तर भित्रको एक फरक कथा रहेको छ ।’ उनले थपे ।

अर्जेन्टिनाका अन्तराष्ट्रिय खेलाडी मेस्सीले आफ्नो सम्पूर्ण करियर बार्सिलोनामा बिताएका थिए । उनले गत अगष्टमा क्लब छाड्न चाहेको बताएका थिए । सोही अनुसार आफुलाई निशुल्क क्लब छाड्न पाउने प्रावधान सक्रिय गरिदिन क्लबसंग अनुरोध गरेका थिए ।

तर क्लबले मेस्सीको माग अनुसार निशुल्क छाड्न नसकिने प्रष्ट पार्दै अर्जेन्टिनी फरवार्ड अनुबन्धनका लागि ७ सय मिलियन युरो तिर्नुपर्ने बताएको थियो ।

‘यदी त्यहाँ कोही आफ्नो भविष्यको बिषयमा निर्णय आवश्यक छ भने त्यो लियोनै हुन् ।’ कोम्यानले भने ।

‘मेस्सीलाई बेच्ने अन्तरिम अध्यक्षको ब्यक्तिगत बिचार हुन सक्छ । र म यसको सम्मान गर्छु । तर लियोको सम्झौता अझै एक वर्ष बाँकी छ । र उनैलाई यसको निर्णय लिन आवश्यक छ ।’ उनले थपे ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आक्रामक सिटी

आक्रामक सिटी

बार्सिलोनामा चम्किए रासफोर्ड

बार्सिलोनामा चम्किए रासफोर्ड

बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

Bhat Bhateni
श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

आक्रामक सिटी

आक्रामक सिटी

बार्सिलोनामा चम्किए रासफोर्ड

बार्सिलोनामा चम्किए रासफोर्ड

फुटबल खेलाडी संघको विधान पारित

फुटबल खेलाडी संघको विधान पारित

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस