बार्सिलोनालाई जोआन गाम्पर ट्रफी
आइतबार, ०४ आश्विन २०७७खेलपाटी संवाददाता

एजेन्सी । बार्सिलोनाले जोआन गाम्पर ट्रफीको उपाधि जितेको छ ।
शनिबार राति भएको खेलमा एल्चेलाई १-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले जोआन गाम्पर ट्रफी जितेको हो ।
क्याम्पनाउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन एन्टोनियो ग्रिजम्यानले निर्णायक गोल गरे ।
उनले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए ।
यससँगै बार्सिलोनाले आठौं पटक जोआन गाम्पर ट्रफी जितेको छ ।
बार्सिलोनाले नयाँ सिजन अघिको तयारी स्वरूप जोआन गाम्पर ट्रफीको आयोजना गर्ने गर्छ ।
बार्सिलोनाले यस ट्रफीसँगै नयाँ सिजनको तयारी समेत पुरा गरेको छ ।
ला लिगाको नयाँ सिजन सुरु भएपनि बार्सिलोनाले खेलेको छैनन् ।












-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)