रेनससँग मोनाको पराजित
आइतबार, ०४ आश्विन २०७७खेलपाटी संवाददाता

एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा मोनाको पराजित भएको छ ।
शनिबार राति भएको खेलमा मोनाको रेनससँग २-१ गोल अन्तरले पराजित भएको हो ।
खेलको २८ औं मिनेटमा विसम बेन एडरले गोल गर्दै मोनाकोलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, ८१ औं मिनेटमा स्टेभिन एनजोन्जीले गोल गर्दै रेनसलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ९० औं मिनेटमा एड्रिन ट्रुफेर्टले गोल गर्दै रेनसलाई २-१ को जित दिलाए ।
जितसँगै रेनसले ४ खेलमा १० अंक जोडेको छ । र, रेनस तालिकाको शीर्ष स्थानमा रहेको छ ।
पाँचौं स्थानमा रहेको मोनाकोको ७ अंक रहेको छ ।
अर्को खेलमा लेन्सले बोर्डुअक्सलाई २-१ ले हराएको छ ।
लियोन र निम्सले गोलरहित बराबरी खेल्दै अंक बाडेको छ ।












-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)