हालाण्ड चम्किदा डर्टमण्डको सुखद सुरुवात
शनिबार, ०३ आश्विन २०७७खेलपाटी संवाददाता

एजेन्सी । बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगा फुटबलमा सुखद सुरुवात गरेको छ ।
शनिबार राति भएको सिजनको पहिलो खेलमा बोरुसिया मुन्छेनग्लाडबाखलाई ३-० गोल अन्तरले पराजित गर्दै डर्टमण्डले सुखद सुरुवात गरेको हो ।
घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे । यस्तै जियोभानी रेइनाले एक गोल गरे ।
खेलको ३५ औं मिनेटमा जियोभानीको गोलबाट डर्टमण्डले अग्रता बनाएको थियो ।
५४ औं मिनेटमा हालाण्डले पेनाल्टीमा गोल गर्दै डर्टमण्डको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।
जितसँगै डर्टमण्डले सिजनको सुखद सुरुवात गरेको छ । पहिलो खेलमै डर्टमण्डले महत्वपूर्ण ३ अंक जोडेको छ ।
डर्टमण्ड तालिकाको तेस्रो स्थानमा रहेको छ । मुन्छेनग्लाडबाखले भने हारबाट सिजनको सुरुवात गरेको छ ।












-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)