काठमाडौं । विभागीय टिम शसस्त्र प्रहरी बल एपीएफका एक फुटबलरमा कोरोना पुष्टि भएको छ ।
गत बर्ष एपीएफबाट शीर्ष डिभिजनको लिग खेलेका एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
उनी कोरोनोको संक्रमण सुरु भएसंगै सर्लाहीको सिमा क्षेत्रमा ड्युटीमा गएका थिए । उनी केही दिन अघिमात्र काठमाडौं फर्किएका थिए ।
तराईबाट फर्किएका उनमा कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।
विभागीय टिमले कोरोनाको प्रकोप बढ्दै गएपछि विभिन्न खेलमा आबद्ध खेलाडीलाई ड्युटीमा खटाएको थियो ।
ड्युटीको सिलसिलामा जिल्ला बाहिर गएका खेलाडी धमाधम काठमाडौं आउन थालेका छन् । धेरै खेलाडी बिरामी अवस्थामा छन् ।
शरिरिक रुपमा अस्वस्थ रहेका खेलाडीको तत्काल कोरोना परिक्षण हुन सकेको छैन ।
समयमै परिक्षण नहुँदा विभागीय टिमका खेलाडी क्रसित अवस्थामा विभागका एक अधिकारीले खेलपाटीलाई जानकारी दिएका छन् ।
पछिल्लो समय खेलकुद क्षेत्र कोरोनाबाट धेरै प्रभावित बन्न थालेको छ । आईतबार साँझमात्र नेपाल ओलम्पिक कमिटिका दुई जनामा कोरोना पुष्टि भएको थियो ।