एजेन्सी । मर्सिडिजका चालक लेविस ह्यामिल्टनले स्पेनिस ग्राण्ड प्रिक्स फर्मुला वानको उपाधि जितेका छन् ।
ह्यामिल्टनले आइतबार राति रेड बुलका म्याक्स भेर्स्टापेनलाई पछि पार्दै उपाधि जितेका हुन् ।
यससँगै ह्यामिल्टनले पाँचौं पटक स्पेनिस ग्राण्ड प्रिक्सको उपाधि जित्न सफल भए ।
बेलायती चालक ह्यामिल्टनको यो वर्षको चौंथो उपाधि हो । यसरी उनको यो करियरको ८८ औं जित समेत हो ।
स्पेनिस ग्राण्ड प्रिक्समा ह्यामिल्टनकै टिम मेट भाल्टेरी बोट्तास तेस्रो स्थानमा रहे ।
यस्तै रेसिङ पोइन्टका लान्स स्ट्रोल चौंथो र रेसिङकै सर्जियो परेज पाँचौं स्थानमा रहे ।