काठमाडौं । गैडाकोट महिला फुटबल क्लबले कोरोना भाईरसबाट प्रभावित गैडाकोट नगरपालिकाका खेलाडीलाई आर्थिक राहत प्रदान गरेको छ ।
नवलपुर जिल्लाको क्लबले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै खेलाडीलाई राहत प्रदान गरेको हो ।
क्लबले खेलाडीलाई जनही ३ हजारको दरले राहत उपलब्ध गराएको हो ।
क्लबले अखिल नेपाल फुटबल संघ एन्फाबाट उपलब्ध आर्थिक सहयोगबाट खेलाडीलाई राहत प्रदान गरेको हो ।
एन्फाले कोरोनाबाट प्रभावित जिल्ला, क्लब र संघलाई ७५ हजारका दरले राहत वितरण गरेको थियो ।
गैडाकोट नगरपालिकाका, कार्यपालिका सदस्य संगीता पण्डित घिमिरेको आथित्यमा भएको कार्यक्रममा गैडाकोट महिला फुटबल क्लबका अध्यक्ष दुर्गा घिमिरे, जिल्ला क्रिकेट संघ नवलपुरका अध्यक्ष प्रकास पौडेल, नवलपुर फुटबल संघका महासचिव लक्ष्मण कार्की, भलिबलका राष्ट्रिय रेफ्री गजेन्द्र वन, जिल्ला क्रिकेट संघ नवलपुरका सचिव सुमन पण्डित लगायतको उपस्थिति रहेको थियो ।