काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पहिलो पुस्ताका खेलाडी इन्द्र सिंह सुब्बाको निधन भएको छ ।
पाकिस्तानमा पहिलो अन्तराष्ट्रिय खेलमा नेपालको जर्सी लगाएर आँघा खाँ गोल्डकप खेल्न पुगेका इन्द्रको मंगलबार निधन भएको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाका बरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङले इन्द्रको निधन भएको खेलपाटीलाई पुष्टि गरे ।
‘उहाँको आजनै गंगालाल हस्पिटलमा स्वर्गारोहण भएको हो ।’ केहि हप्ता अघिमात्रै इन्द्रलाई भेट्न हस्पिटल पुगेका नेम्बाङले भने ।
मुटुका रोगी इन्द्र डेढ महिनादेखि थला परेका थिए । काठमाडौंमा रहँदै आएका उनलाई मुटुमा समस्या आएपछि गंगालाल पुर्याईएको थियो ।
केहि समय अघि 'स्ट्रोक' भई ललितपुरको अल्का अस्पतालमा रहेका इन्द्रलाई मुटुको समस्या आएसँगै गंगालाल रिफर गरिएको पारिवारिक श्राेतले जानकारी दिएकाे छ ।