एजेन्सी । रेड बुलका चालक म्याक्स भेर्स्टापेनले ७० औं एनिभर्सरी ग्राण्ड प्रिक्स फर्मुला वानको उपाधि जितेका छन् ।
डच ड्राइभर म्याक्सले मर्सिडिजका लुइस ह्यामिल्टनलाई पछि पार्दै उपाधि जितेका हुन् ।
फर्मुला वान च्याम्पियनसिपको सुरु भएको ७० वर्ष पुगेको उपलक्ष्यमा इंग्ल्यान्डमा प्रतियोगिता आयोजना गरिएको हो ।
फर्मुला वान च्याम्पियनसिप सन् १९५० बाट सुरु भएको थियो ।
प्रतियोगितामा मर्सिडिजका चालक भाल्टेरी बोट्टास तेस्रो स्थानमा रहे ।
यस्तै फेरारीका चार्ल्स चौंथो स्थानमा रहदा रेड बलका एलेक्जेन्डर अल्बोन पाँचौं स्थानमा रहे ।