काठमाडौं । स्क्वासका प्रशिक्षक हिरा बहादुर थापालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रशिक्षक समेत रहेका थापालाई आईतबार कोरोना पोजिटिभ देखिएको हो ।
पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका थापाले आफुलाई कोरोना देखिएको बताएका छन् ।
‘संगै खेल्ने साथीको पोजिटिभ देखिएसँगै टेष्ट गराएको थियो । स्वास्थ्य मन्त्रालयबाट कोरोना लागेको भन्दै फोन आएकाे छ ।’ प्रशिक्षक थापाले खेलपाटीसँग भने ।
कोरोना देखिने थापा पहिलो नेपाली प्रशिक्षक हुन् ।
प्रशिक्षक थापा सातदोबाटोस्थित स्क्वास भवनको क्वारेन्टिनमा रहेका छन् । उनले शनिबार मात्रै स्टार हस्पिटल पुगेर पीसीआर परिक्षण गराएका थिए ।
कोरोना पोजिटिभ देखिएपनि थापाले आफ्नो स्वास्थ्य हाल ठिक रहेको र आत्तिनु पर्ने केहि नभएको खेलपाटीलाई बताए ।
‘अहिले केहि भएको छैन । सबै ठिक छ ।’ उनले भने ।
प्रशिक्षक थापा राखेपका करार कर्मचारी हुन् । उनी ६० साल यता राखेपमा आबद्ध छन् ।
उनको प्रशिक्षणमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद साग खेलेको थियो ।