काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सहायक प्रशिक्षकद्वय चित्रबहादुर खवास र रविनकुमार राईको सम्झनामा राखेपले शुक्रबार शोक सभाको आयोजना गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप हातामा भएको शोक सभामा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल, कर्मचारीलगायतले स्वर्गिय खवास र राईको तस्वीरमा पुष्पगुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
तेक्वान्दोका खवास इलाम जिल्ला खेलकुद विकास समिति तथा एथलेटिक्सका राई सल्यान जिल्ला खेलकुद विकास समितिमा सहायक प्रशिक्षकका रुपमा कार्यरत थिए ।
खवासको साउन २० गते तथा राईको साउन १९ गते निधन भएको थियो ।
भक्तपुरस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचारको क्रममा निधन भएको थियो ।