एजेन्सी । फर्मुला वान चालक भाल्टेरी बोटासले मर्सिडिजसँग नयाँ सम्झौता गरेका छन् ।
फिनल्याण्डका चालक बोटासले बिहीबार मर्सिडिजसँग नयाँ सम्झौता गरेका हुन् ।
सम्झौतासँगै बोटास सन् २०२१ सम्म मर्सिडिजमा रहने छन् ।
'२०२१ सम्म मर्सिडिजमा बस्न पाउँदा धेरै खुशी छु । र, हामी एक जुट भएर सफलता हात पार्न चाहन्छौं,' उनले भनेका छन्, 'निरन्तर समर्थन र म माथिको विश्वासको लागि मर्सिडिजलाई धन्यवाद ।'
बोटासले करियरमा आठ फर्मुला वानको उपाधि जितेका छन् ।
३० वर्षे बोटास सन् २०१६ मा मर्सिडिज आएका थिए ।