काठमाडौं । नेपाल आइटिएफ तेक्वान्दोले आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
ताहचलस्थित नेपाल रेडक्रस सोसाइटीको ब्लडबैकमा तेक्वान्दोका प्रशिक्षक,खेलाडी,संघका पदाघिकारी गरि ३३ जनाले रक्तदान गरेका हुन् ।
यस्तै आईटिएफ तेक्वान्दोले सामाखुसीस्थित मानव सेवा आश्रमका ६० जना बृद्ध–बृद्धालाई भोजन समेत गराएको छ ।
आईटिएफ तेक्वान्दोले २३ औं वार्षिकोत्सवकै अवसरमा बिहीबार वर्षका उत्कृष्ट खेलाडी,प्रशिक्षक र प्रदेश तथा जिल्ला संघलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।