काठमाडौं । नेपाली खेलकुद र शाहसिक गतिविधिमा महिलाको सहभागिताबारे अन्तरक्रियाको आयोजना भएको छ ।
वुमन इन स्पोर्ट्स एण्ड एडभेन्चरले बिहीबार भिडियो कन्फरेन्सको माध्यमबाट अन्तरक्रियाको आयोजना गरेको हो ।
कार्यक्रममा करिब आधा दर्जन देशबाट ४० भन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल चेस एसोसिएसनकी मोनालिसा खुम्बुले 'विश्व खेलकुदमा महिला सहभागिता' बारे प्रस्तुति राखेकी थिइन् ।
अन्तर्राष्ट्रिय क्याचबल फेडेरेसनकी प्रमुख कार्यकरी अधिकृत हिला डाभीडोभले क्याच बल खेलको परिचय, नियम र महिलाबारे जानकारी गराएकी थिइन् ।
अमेरिकामा रहेकी नेपाली संचारकर्मी लिना दुवाडीले 'महिला शशक्तिकरण' , पर्वतीय खेलकुद महासंघ नेपालका अध्यक्ष गोविन्द भट्टराईले 'दिगो खेलकुद मार्फत पर्यटन' बारे जानकारी गराएका थिए ।
कार्यक्रममा संचारकर्मी तथा अधिवक्ता पवित्रा राउत, सगरमाथा आरोही कल्पना महर्जन र भलिबलकी पूर्व कप्तान अन्जु श्रेष्ठले खेलकुद तथा शाहसिक गतिविधिमा महिला सहभागिता सहित आआफ्नो अनुभव राखेका थिए ।
कार्यक्रममा नेपाल रिङ रेस्लिङ्ग एसोसिएसन की अध्यक्ष सुवर्ण श्रेष्ठ, होटल एसोसिएसन काभ्रेकी ज्योत्सना सैंजु, डब्लूआईएमए नेपालकी अध्यक्ष सुनिता देसार, नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेशरी माली र नासा नेपालका सचिव सन्तोष न्यौपाने लगायतको सहभागिता रहेको थियो ।