काठमाडौं । नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कराते कातातर्फ दोहोरो स्वर्णधारी मण्डेकाजी श्रेष्ठ नगदसहित सम्मानित भएका छन् ।
स्वर्णधारी मण्डेकाजी बिहीबार नगद पाँच लाखसहित सम्मानित भएका हुन् । राष्ट्रिय युवा संघ नेपालका नेता रमेश आचार्यले प्रमुख आतिथ्यता उनलाई नगद हस्तान्तरण गरिएको थियो ।
मण्डेकाजीलाई धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दिपक खतिवडाको समन्वय र कर्मा कन्स्ट्रक्सनका प्रोपाइटर, गुडविल बिलदर्सका सीईओ तथा करातेका पूर्व राष्ट्रिय खेलाडी रबि महर्जनको व्यवस्थापनमा पाँच लाखबाट सम्मान गरिएको हो ।
कार्यक्रममा गजुरियो करातेका केन्द्रीय कोषाध्यक्ष एवम् मदन भण्डारी स्पोर्ट्स एकेडेमी धादिङका अध्यक्ष रमेश अधिकारी,नारायणी स्टिलका सीईओ रोशिद उनिथान र स्थानीय समाजसेवी युनुस डंगोलको सहभागिता रहेको थियो ।
नेपालमा गत मंसिरमा सम्पन्न सागमा मण्डेकाजीले एकल कता र टिम कातामा स्वर्ण जितेका थिए ।