खेलाडीको अभिनय रहेको 'अफसाईड' वेब सिरिज प्रशारणमा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य रहिसकेका खेलाडीहरुको अभिनय रहेको 'अफसाईड' नामक वेब सिरिज प्रशारणमा आएको छ ।
नेपाल फुटबल एजेन्ट र फुटबल खेलाडीहरुको सहकार्यमा निर्माण भएको वेब सिरिज बिहीबारबाट प्रशारणमा आएको हो । १२ भागको हुने सिरिजको पहिलो भाग बिहीबार युटुबबाट प्रशारण गरिएको हो ।
वेब सिरियलको निर्माण कार्य गत असार २१ गतेदेखि काठमाडौंको कुलेश्वरस्थित गणेश मन्दिरमा विधिपूर्वक पुजाआजा गरेर शुभारम्भ गरिएको थियो ।
वेब सिरिजमा नेपालको विभिन्न ए डिभिजन फुटबल क्लबबाट खेलेका आशिक थापा, न्युरोड टिमका खेलाडी डिकेस खड्का र सकल रेग्मी, सशस्त्र प्रहरीका राजु नगरकोटी, मनाङ मर्याङ्दीका कप्तान कमल श्रेष्ठ, संकटा क्लबका कप्तान रवी सिलवाल र जनक कोइराला तथा फुटबल एजेन्टका निर्देशक सुगन कुमार तण्डुकारको अभिनय रहेकोछ ।
कमल र रवीले नेपाली राष्ट्रिय टोलिबाट खेलिसकेका छन् । खेलाडीहरुलाई मानश्री थएटरकी कलाकार अनुजाले सहयोग गरेकी छिन् ।
भिडियो -








-1768897962219.jpg&w=3840&q=75)

-1769167052323.jpeg&w=3840&q=75)

-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)
-1769105615143.webp&w=3840&q=75)