एजेन्सी । अमेरिकन बास्केटबल खेलाडी लेब्रोन जेम्सको 'रुकी कार्ड' कीर्तिमानी मूल्यमा बिक्रि भएको छ ।
एक अक्सनमा एनबीए स्टार जेम्सको 'रुकी कार्ड' १.८ मिलियन अमेरिकी डलरमा बिक्रि भएको हो ।
उक्त मूल्य बास्केटबलको आधुनिक युग सुरु भएपछिको सर्वाधिक महँगो मूल्य हो ।
३५ वर्षे जेम्सले क्लिभल्याण्ड काभलिअर्सबाट खेल्दा सन् २००३-४ को सिजन उपर डेकले उक्त कार्ड बनाएको थियो ।
लस एन्जल्स लाकर्सका स्टार जेम्स हालसम्म १६ पटक एनबीए अल स्टार र ४ पटक मोस्ट भ्यालुएबल प्लेयर चुनिएका छन् ।
एनबीएका महान खेलाडी मध्येका एक जेम्सले ओलम्पिकमा दुई पटक स्वर्ण जितिसकेका छन् ।
सन् २००८ को बेईजिङ र १२ को लण्डन ओलम्पिकका अमेरिकालाई स्वर्ण दिलाउन जेम्सले महत्वपूर्ण भूमिका खेलेका थिए ।
एनबीएमा लस एन्जल्स यस सिजन शीर्ष स्थानमा रहेको छ ।
कोरोना भाईरसको कारण यस सिजनको एनबीए स्थगित गरिएको छ । तर, बाँकी खेल जुलाई ३० बाट फ्लोरिडाको डिज्नी वर्ल्ड रिसोर्टमा हुने बताईएको छ ।