ह्यामिल्टनलाई हंगेरियन ग्राण्ड प्रिक्सको उपाधि
सोमबार, ०५ श्रावण २०७७खेलपाटी संवाददाता

एजेन्सी । मर्सिडिजका चालक लुइस ह्यामिल्टनले हंगेरियन ग्राण्ड प्रिक्स फर्मुला वानको उपाधि जितेका छन् ।
ह्यामिल्टनले आइतबार रेड्बुलका म्याक्स भेर्स्टापेनलाई पछि पार्दै वर्षको पहिलो उपाधि जितेका हुन् ।
उपाधि जित्ने क्रममा बेलायती चालकले म्याक्समाथि प्रभावशाली जित निकालेका थिए ।
यस्तै मर्सिडिजकै चालक भाल्टेरी बोट्टास तेस्रो स्थानमा रहे ।
रेसिङ पोइन्टका लान्स स्ट्रोल चौंथो स्थानमा रहदा रेड्बुलका एलेक्जेन्डर अल्बोन पाँचौं स्थानमा रहे ।
फेरारीका सेबास्टियन भिटेल छैटौं स्थानमा रहे ।








-1768897962219.jpg&w=3840&q=75)

-1769167052323.jpeg&w=3840&q=75)

-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)
-1769105615143.webp&w=3840&q=75)