अक्टोबरपछि स्टेडियममा दर्शक
शुक्रबार, ०२ श्रावण २०७७खेलपाटी संवाददाता

एजेन्सी । बेलायतमा आगामी अक्टोबरबाट दर्शकका लागि स्टेडियम खुल्ला गरिने भएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अक्टोबरपछि दर्शकहरुलाई मैदानमा पुगेर खेल हेर्न पाउने वातावरण बनाईरहेको बताएका छन् ।
कोरोना भाईरसको महामारीको कारण अहिले बन्द रंगशालामा दर्शकबिना खेलकुद गतिविधि संचालन भईरहेको छ ।
तर, अक्टोबरपछि भने सरकारले बनाएको गाइडलाइनको पालना गर्दै दर्शकहरु मैदान प्रवेश पाउने भएका छन् ।
'अक्टोबरपछि हामीले रंगशालामा दर्शकलाई फिर्ता ल्याउने उद्देश्य राखेका छौँ,' जोनसनले भनेका छन् ।
कोरोनाको कारण इंग्ल्यान्डमा इंग्लिस प्रिमियर लिग बन्द रंगशालामा संचालन भईरहेको छ ।
यस्तै घरेलु टिम इंग्ल्यान्ड र वेष्ट इन्डिजबीचको टेष्ट सिरिज पनि बन्द रंगशालामा भईरहेको छ ।








-1768897962219.jpg&w=3840&q=75)

-1769167052323.jpeg&w=3840&q=75)

-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)
-1769105615143.webp&w=3840&q=75)