काठमाडौं । नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा पदक जित्ने प्रदेश-१ का ८८ जना खेलाडी नगदसहित सम्मानित भएका छन् ।
प्रदेश सरकारले बुधबार सागका पदकधारी खेलाडीलाई सम्मान गरेको हो ।
विराटनगरमा आयोजित एक कार्यक्रममा एकल तथा टिमतर्फ स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई सम्मान गरिएको हो ।
एकलतर्फ स्वर्ण विजेता खेलाडीलाई ३ लाख रुपैयाँ, रजत पदक विजेतालाई २ लाख र कास्य पदक विजेतालाई जनही १ लाख रुपैयाँबाट सम्मानित गरिएको हो ।
टिमतर्फका खेलाडीलाई भने यो रकम दामासाहीमा बाँडिएको छ ।
प्रदेश एक सरकारले साग सकिए लगत्तै पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गने निर्णय गरेको थियो ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया राईले खेलाडीलाई नगद प्रदान गरेका थिए ।