नेपालमा पहिलो पटक राइडर्स ट्रेनिङ

काठमाडौं । नेपालमा पहिलो पटक राइडर्स ट्रेनिङ कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले आइतबार पहिलो पटक नेपालमा 'राइडर्स ट्रेनिङ प्रोग्राम इन नेपाल' नामक कार्यक्रम आयोजना गरेको हो ।
जुमको सहायताबाट गरिएको कार्यक्रममा इ स्पोर्ट्स, मोटरसाइकल सेफ्टी, टुर लगायतको विषयमा छलफल भएको नासाले जनाएको छ ।
कार्यक्रममा नासाका उपाध्यक्ष सिताराम न्यौपानेले नेपालमा मोटरसाइकलिङ स्पोर्ट्स र हालका दिनमा इ स्पोर्ट्सको संभावना प्रष्ट पारेका थिए ।
नेपाल मोटरसाईकल फेडरेशनका प्रमोद श्रेष्ठ गुफीले नेपालमा राईडिङ र सम्भावित टुरिङ गन्तव्यका विषयमा प्रस्तुति दिएका थिए भने अन्तर्राष्ट्रिय राइडर बिक्रम थापाले आफ्नो अन्तर्राष्ट्रिय राइडिङ अनुभवबारे जानकारी दिएका थिए ।
कार्यक्रममा नेपाल, जापान, अष्ट्रेलिया लगायत मुलुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।








-1768897962219.jpg&w=3840&q=75)

-1769167052323.jpeg&w=3840&q=75)

-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)
-1769105615143.webp&w=3840&q=75)