जिम्न्यास्टिककाे विश्व च्याम्पियन अनिश्चित
बुधबार, २४ असार २०७७खेलपाटी संवाददाता

एजेन्सी । डेनमार्कले सन् २०२१ मा हुने जिम्न्यास्टिक विश्व च्याम्पियनको आयोजनाबाट आफ्नो नाम फिर्ता लिएको छ ।
अन्तराष्ट्रिय जिम्न्यास्टिक महासंघले यसबारे जानकारी दिदै अर्को बर्ष हुने तय भएको विश्व च्याम्पियनसिपको आयोजनाबाट डेनमार्कले नाम फिर्ता लिएको बताएको छ ।
महासंघले यसप्रति खेद प्रकट गर्दै डेनमार्कको निर्णय आपत्तीजनक रहेको बताएको छ ।
डेनमार्कको पछिल्लो निर्णयसंगै प्रतियोगिता अनिश्चित बनेको छ । प्रतियोगिता सन् २०२१ को अक्टोबरमा कोपनहेगनमा हुने तय भएको थियो ।
अर्को बर्ष जुलाई २३ देखि अगष्ट ८ सम्म टोकियो ओलम्पिक समेत आयोजना हुदैछ । कोरोना भाईरसको महामारीका कारण प्रतियोगिता एक बर्ष स्थगित गरिएको थियो ।








-1768897962219.jpg&w=3840&q=75)

-1769167052323.jpeg&w=3840&q=75)

-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)
-1769105615143.webp&w=3840&q=75)