काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य रहिसकेका खेलाडी र प्रशिक्षक मिलेर 'अफ साइड' नामको सर्ट मुभी बनाउने भएका छन् ।
नेपाल फुटबल एजेन्टको सहयोगमा खेलाडी र प्रशिक्षक मिलेर व्यंग्यसहितको सर्ट मुभी बनाउने भएका हुन् ।
कुलेश्वरको गणेश मन्दिरमा आइतबार सर्ट मुभी सुटिङको उद्घाटन गरिएको छ।
सर्ट मुभीमा दाउफिन्स क्लबका प्रशिक्षक आशिक थापा, न्युरोड टिमका खेलाडी डिकेस खड्का र सकल रेग्मी, सशस्त्र प्रहरीका राजु नगरकोटी, मनाङ मर्याङ्दीका कमल श्रेष्ठ, संकटा क्लबका रवी सिलवाल र जनक कोइराला तथा फुटबल एजेन्ट सगुन ठकुरी रहेका छन् ।
सर्ट मुभीमा उनीहरुलाई मान श्री थएटरकी कलाकार अनुजाले सहयोग गर्ने भएकी छिन् ।
आइतबारबाट सुटिङ सुरु गरिएको सर्ट मुभी करिब १५ दिनमा सबै काम सकेर युट्युबमा प्रसारण गर्ने आयोजक नेपाल फुटबल एजेन्टले जनाएको छ।
यसमा थप एपिसोडहरु पनि ल्याउने आयोजकको लक्ष्य छ ।