काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग क्लब खालीबारी युथ क्लबले कोरोना भाईरसबाट प्रभावित आफ्ना खेलाडी र प्रशिक्षकलाई आर्थिक सहयोग गरेको छ ।
खालीबारीले शनिबार 'सी' डिभिजन लिगका लागि क्लबमा आबद्द आफ्ना खेलाडी र प्रशिक्षकलाई राहत स्वरूप आर्थिक सहयोग गरेको हो ।
क्लबले २१ खेलाडी र १ प्रशिक्षकलाई जनही पाँच हजारको दरले सहयोग प्रदान गरेको हो । ललितपुर महानगर वडा नम्बर ५ का वडाध्यक्ष विकास मान श्रेष्ठले खेलाडीलाई रकम हस्तान्तरण थिए ।
अखिल नेपाल फुटबल संघ एन्फाले गत महिना क्लबलाई उपलब्ध गराएको राहतबाट क्लबले खेलाडी र प्रशिक्षकलाई सहयोग गरेको क्लबका कोषाध्यक्ष महेश श्रेष्ठले खेलपाटीलाई बताए ।
'हामीले खेलाडी र प्रशिक्षकलाई राहत वितरण गरेका हौं,' कोषाध्यक्ष श्रेष्ठले भने, 'शनिबार २२ जनालाई वितरण गरेका छौं । केही खेलाडी बाहिर छन् । उनीहरुलाई समेत राहत दिने छौँ।'
एन्फाले कोरोना प्रभावित जिल्ला संघ र क्लबलाई समान ७५ /७५ हजार प्रदान गरेको थियो । त्यहिँ रकम क्लबले खेलाडीलाई वितरण गरेको हो ।
'सी' डिभिजनमा अहिले १० क्लब रहेका छन् । कोरोनाको कारण सी'डिभिजन लिग समेत अनिश्चित बनेको छ ।
यस सिजन क्लबले 'बी' डिभिजनमा उक्लने लक्ष्य बनाएको थियो ।