कोरोनाको कारण यूएफसी च्याम्पियन खबिबको बुबाको निधन
शनिबार, २० असार २०७७खेलपाटी संवाददाता

एजेन्सी । कोरोना भाईरसको कारण यूएफसी लाइटवेट च्याम्पियन खबिब नुर्मागोमेडोभको बुबा तथा प्रशिक्षक अब्दुलमानपको निधन भएको छ ।
कोरोनाको कारण उपचाररत एमएमए प्रशिक्षक अब्दुलमानपको ५७ वर्षको उमेरमा निधन भएको हो ।
अब्दुलमानप गत मेबाट मस्कोको एक अस्पतालमा उपचाररत थिए ।
खबिबका म्यानेजर अली अब्देलाजिजले शुक्रबार उनको बुबाको निधन भएको पुस्टि गरेका छन् ।
खबिब २८ बाउटसम्म अपराजित रहेका छन् । उनले सन् २०१८ मा आयरल्याण्डका कोनर म्याकग्रिगोरलाई हराएका थिए ।








-1768897962219.jpg&w=3840&q=75)


-1769167052323.jpeg&w=3840&q=75)

-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)