एजेन्सी । मर्सिडिजले यस वर्ष आयोजना हुने फर्मुला वान प्रतियोगितामा कालो रङ्गको कार प्रयोग गर्ने भएको छ ।
'ब्लाक लाइभ्स म्याटर' अभियानलाई समर्थन गर्दै मर्सिडिजले यस सिजनको प्रतियोगितामा नयाँ कालो रङ्गको कार प्रयोग गर्ने जनाएको छ ।
यस अघि फर्मुला वानमा मर्सिडिजले सिल्भर रङ्गको कार प्रयोग गर्दै आएको थियो ।
रंगभेदीविरुद्धको आन्दोलनलाई सहयोग गर्ने उदेश्यले यस सिजन फरक रङ्गको कार प्रयोग गर्न लागिएको मर्सिडिजले जनाएको छ ।
कोरोना भाईरसको कारण यस सिजन फर्मुला वानको प्रतियोगिता आयोजना भएको छैन ।
यस वर्षको पहिलो प्रतियोगिता जुलाईमा अष्ट्रियामा हुनेछ । वर्षको पहिलो प्रतियोगिता अष्ट्रियन ग्राण्ड प्रिक्स जुलाई ३ देखि ५ सम्म हुनेछ ।