राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव राजबहादुर सिंहको निधन भएको छ ।
दमको रोगबाट पीडित सिंहको शुक्रबार राति ८८ वर्षको उमेरमा निधन भएको हो ।
सिंह राखेपको सातौं सदस्य सचिव हुन् । सिंहले २०४८ देखि २०५० सम्म सदस्य सचिवको जिम्मेवारी सम्हालेका थिए ।
सिंह नेपाली फुटबलको पहिलो पुस्ताका खेलाडी समेत हुन् ।
नेपाली राष्ट्रिय फुटबल टिम सहभागी भएको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता आगा खा गोल्डकपमा सिंह टिमका सदस्य थिए ।
प्रतियोगिता सन् १९६३ मा बंगलादेशको ढाकामा भएको थियो ।
नेपाली फुटबलले पाएका उत्कृष्ट खेलाडीमध्ये सिंह पनि एक हुन् ।
घरेलु नेपाली फुटबलमा उनले एनआरटी र विद्याब्यायाम मन्दिरबाट खेलेका थिए ।
स्व. सिंहको शनिबार पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । स्व. सिंहका श्रीमति, दुई छोरा र छोरी छन् ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्व. सिंहको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेद्ना व्यक्त गरेका छन् ।








-1768897962219.jpg&w=3840&q=75)


-1769167052323.jpeg&w=3840&q=75)

-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)