काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेका खेलाडी र प्रशिक्षकलाई नगदसहित पुरस्कृत गरेको छ ।
नगरपालिकाले आफ्नो नगर सभाको अवसर पारेर बुधबार नगरबासी पदक विजेता खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरेको हो ।
सम्मानित हुनेमा उसुका कास्य पदक विजेता निकेस श्रेष्ठ तथा प्रशिक्षकद्वय दिपक श्रेष्ठ र गंगाराम महर्जन रहेका छन् ।
नगरपालिकाले निकेसलाई १ लाख तथा करातेको कुमिते प्रशिक्षक दीपक र काताका प्रशिक्षक गंगारामलाई २/२ लाख नगदले पुरस्कृत गरेको हो ।
उनीहरुलाई मेयर गजेन्द्र महर्जनले नगद पुरस्कार र सम्मान पत्र दिए ।
गत मंसिरमा सम्पन्न १३ औं सागमा नेपालले उसुमा ५ स्वर्ण र करातेमा १० स्वर्ण जितेको थियो ।