काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) ले अन्तराष्ट्रिय ओलम्पिक दिवस मनाईएको छ ।
एनओसीले मंगलबार सातदोबाटोस्थित एनओसी भवनमा एक कार्यक्रमको आयोजना गर्दै ओलम्पिक दिवस मनाएको हो ।
ओलम्पिक दिवसको अवसरमा नेपाल र ओलम्पिकको झण्डा झण्डातोलन गरिएको थियो ।
यस्तै एनओसीका अध्यक्ष तथा संसद जीवन राम श्रेष्ठले रुद्राक्षको बिरुवा रोपेका थिए ।
त्यसपछि एनओसीले राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव रमेश सिलवाल, खेलाडी तथा पत्रकारहरुसँग भिडियोको माध्यमबाट अन्तरक्रिया गरिएको थियो ।
यस अघि एनओसीले ओलम्पिक दिवसमा एक हप्ते कार्यक्रमको आयोजना गरेर मनाउँदै आएको थियो । तर, कोरोना भाईरसको महामारीको कारण यस वर्ष सामान्य कार्यक्रम गरिएको हो ।
आधुनिक ओलम्पिक स्थानमा भएको दिनको अवसर पारेर मनाउन थालिएको ओलम्पिक डे जुन २३ मा मनाउने गरिन्छ ।
नेपालमा समेत हरेक वर्ष ओलम्पिक दिवस मनाईदै आएको छ ।