काठमाडौं । रेस्लिङका सुपर स्टार अन्डरटेकरले सन्यासको घोषणा गरेका छन् ।
उनले वल्र्ड रेस्लिङ ईन्टरटेनमेन्ट (डब्लुडब्लुई)बाट सन्यासको घोषणा गर्दै रेस्लिङको शानदार करियरबाट आफु सन्तुष्ट रहेको बताए ।
उनले भने, ‘पुरा गर्नका लागि कुनै चिज बाँकी रहेन ।’
५५ बर्षिया अन्डरटेकरले आफ्नो वृत्तचित्र ‘द लास्ट राईड’को अन्तिम भागमा सन्यासको घोषणा गरेका हुन् ।
उनले डब्लुडब्लुईमा सन् १९९० मा डेब्यु गरेका थिए ।
उनले रेस्लिङ करियरमा सबै च्याम्पियनसिप र प्रतिस्पर्धा जितेका छन् ।
उनले भने, ‘म एक बिन्दुमा छु । मैले जित्नका लागि र उपलब्धि हासिल गर्नका लागि कुनै चिज बचेको छैन ।’
‘खेल परिवर्तन भएको छ । यो युवा पुस्ता आउने समय हो । यो सन्यासको सही समय हो ।’ उनले भने, ‘यो वृत्तचित्रले आखाँ खालेर ठुलो चित्र पत्ता लगाउन मदत गरेको छ । केही बर्षपछि म आफैलाई कठोर सम्झिने छैन ।’
‘म रिङको बाहिर धेरै राम्रो गर्न सक्छु, जति रिङ भित्र गर्न सक्छु । यो अन्तिममा यस्तो ठाउँमा आईपुगेको छु, जहाँ म यो स्विकार गर्न सक्छु ।’ अन्डरटेकरले भने ।