स्नुकरका पूर्व स्टार थोर्नको निधन
बुधबार, ०३ असार २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्डका पूर्व स्नुकर खेलाडी विलि थोर्नको निधन भएको छ ।
बीबीसी कमेन्टेटर समेत रहेका थोर्नको बुधबार ६६ वर्षको उमेरमा निधन भएको हो ।
ब्लडप्रेसर कम भएपछि गत साता उनी स्पेनको एक अस्पतालमा भर्ना भएका थिए ।
थोर्न रगत सम्बधि रोग ल्युकेमियाबाट पीडित रहेका थिए ।
दुई पटक विश्व च्याम्पियनसिपको क्वाटरफाइनलमा पुग्न सफल उनले सन् २००१ बाट सन्यास लिएका थिए ।
स्नुकर खेल जगतमा उनी निकै चर्चित रहेका थिए ।








-1768897962219.jpg&w=3840&q=75)


-1769167052323.jpeg&w=3840&q=75)

-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)