एजेन्सी । इंग्ल्यान्डमा आयोजना हुने सन् २०२२ को कमनवेल्थ गेम्स एक दिन ढिला सुरु हुने भएको छ ।
कोरोना भाईरसको महामारीको कारण कमनवेल्थ गेम्स एक दिन ढिला सुरु हुने भएको हो ।
अब कमनवेल्थ गेम्स २०२२ को जुलाई २८ देखि ८ अगष्टसम्म हुनेछ । यस अघि जुलाई २७ बाट हुने तय थियो ।
यस्तै कमनवेल्थ गेम्स अन्तर्गत दुई खेल भारतमा हुनेछ ।
कमनवेल्थ गेम्स फेडेरेसनले दुई खेल आर्चरी र सुटिङ भारतको चन्द्रिगढमा गराउने निर्णय गरेको छ ।
प्रतियोगिताको अन्य सम्पूर्ण खेल भने इंग्ल्यान्डको बर्मिङघम शहरमा हुनेछ ।
प्रतियोगितामा ७१ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा कम्तिमा २४ खेल समावेश हुने बताईएको छ ।