रियल मड्रिडले बर्नबेउ रंगशालामा नखेल्ने

एजेन्सी । रियल मड्रिडले स्पेनिस लिगका बाँकी खेल घरेलु मैदान स्यान्टियागो बर्नबेउ रंगशालामा नखेल्ने भएको छ ।
क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले समाचारको पुष्टि गर्दै रियलले ला लिगाका बाँकी खेल घरेलु मैदान बर्नबेउमा नखेल्ने बताएका हुन् ।
स्पेनिस महारथी क्लबले बर्नबेउको स्थानमा अभ्यास मैदान अल्फ्रेडो डी स्टेफानोमा पाहुना टोलीलाई आमन्त्रण गर्नेछ । १३ पटकको युरोपियन च्याम्पियन क्लबले लिगको सुरुवाती दुई खेल घरेलु मैदानमा खेल्न तालिका सार्वजनीक भएको छ ।
करिब ६ हजार दर्शक क्षमताको अभ्यास मैदानमा रियलको युथ टिमले खेल्दै आएको छ । अभ्यास मैदानमा फ्लडलाइट सहित बिज्ञापनले बाँकी स्थान भरिनेछ । साथै मैदानमा भार समेत जडान गरिने बताईएको छ ।
अध्यक्ष पेरेजले सिजन सक्नु अघिका बाँकी खेल अभ्यास मैदानमा सञ्चालन गर्ने निर्णय गरिएको बताएका छन् । उनका अनुसार नयाँ सिजन सुरु हुनु अघि बर्नबेउ रंगशालाको पुननिर्माणको काम सम्पन्न हुनेछ ।
'हामीले घरेलु मैदानको रुपमा अल्फ्रेडो डी स्टेफानो मैदानलाई प्रयोग गर्ने निर्णय गरेका छन् ।' पेरेजले रियलका समर्थकलाई पत्र लेखेका छन् ।
'बर्नबेउ रंगशालाको पुननिर्माणको काम सक्न सो निर्णय गरिएको हो ।' उनले भनेका छन् ।
पूर्व तालिका अनुसार सन् २०२२ सम्म बर्नबेउको काम सम्पन्न हुने बताएको थियो । तर पेरेजले निर्धारित समय भन्दा अगाडीनै रंगशाला पुननिर्माणको काम सम्पन्न हुन सक्ने बताएका छन् ।
ला लिगा बन्द रंगशालामा जुन ११ बाट सुरु हुदैछ । कोरोना महामारीका कारण तीन महिना अबरुद्ध बनेको सिजन सुरु हुन लागेको हो ।
कोरोना महामारीको समय रियलले बर्नबेउ रंगशाला औषधी उपचारको सामाग्री राख्नमा प्रयोग गर्न दिएको थियो ।
ला लिगाको अबरुद्ध सिजन सेभिल्ला र रियल बेटिसको प्रतिस्पर्धाबाट सुरु हुनेछ । रियलले पहिलो खेलमा ईबरसंग आफ्नो अभ्यास मैदानमा जुन १४ मा खेल्नेछ ।
मड्रिड टिमले सोही मैदानमा जुन १८ मा भ्यालेन्सियासंग खेल्नेछ । ला लिगाका बाँकी ११ चरणका खेल पाँच हप्तामा सक्ने लक्ष्य राखिएको छ ।
लिगमा बार्सिलोनाले रियलसंग २ अंकको अग्रता लिएको छ । सेभिल्ला तेस्रो स्थानमा रहेको छ ।
कोरोनाका कारण अबरुद्ध बनेको युरोपका शीर्ष डिभिजनको लिग पुन सुरु हुन लागेका छन् । जर्मन बुन्डेसलिगा सुरु भईसकेको छ भने ईङ्ल्याण्डको प्रिमियर लिग र ईटालीको सिरि एले समेत नयाँ मिति तोकेको छन् ।












-1763309767672.webp&w=3840&q=75)
