फ्लोयड हत्या : लिभरपुलका खेलाडीको विरोध
सोमबार, जेठ १९, २०७७खेलपाटी संवाददाता

एजेन्सी । अमेरिकी नागरिक जर्ज फ्लोयड हत्या प्रकरणमा इंग्लिस क्लब लिभरपुलका खेलाडीहरूले विरोध जनाएका छन् ।
लिभरपुलका खेलाडीले सोमबार फ्लोयडले न्याय पाउनुपर्ने भन्दै विरोध जनाएका हुन् ।
एनफिल्डको मध्ये भागमा गोलो घेरा बनाएर घुँडा टेकेर खेलाडीले विरोध जनाएका हुन् ।
यस अघि जर्मन क्लब बोरुसिया डर्टमण्डका जाडोन सान्चो, अच्राफ हाकिमी र बोरुसिया मुन्छेनग्लाडबाखका मार्कोस थुरामले विरोध जनाएका थिए ।
अमेरिकाको मिनियापोलिस शहरमा गत सोमबार प्रहरीको नियन्त्रणमा रहेको बेला फ्लोयडको मृत्यु भएको थियो ।
प्रहरी अधिकारीले भुइमा लडेका ४६ वर्षीय फ्लोयडको घाँटीमा घुँडाले ९ मिनेटसम्म थिचेपछि मृत्यु भएको थियो ।
काला जातिका पुरूषलाई प्रहरी अधिकारीले घाँटी थिचेर मारेको भन्दै अहिले विश्वभर विरोध भइरहेको छ । अमेरिकामा आन्दोलन चर्किएको छ ।












-1763309767672.webp&w=3840&q=75)
