एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व ओपनर गौतम गम्भीरले विराट कोहली भन्दा सचिन तेन्दुलकर उत्कृष्ट ब्याट्सम्यान भएको बताएका छन् ।
स्टार स्पोर्ट्ससँग कुरा गर्दै गम्भीरले अहिलेका कप्तान विराट भन्दा सचिन उत्कृष्ट ब्याट्सम्यान भएको बताएका हुन् ।
सचिनको समयमा भन्दा अहिलेको क्रिकेट धरै सहज भएको बताउँदै गम्भीरले आफुलाई सचिन उत्कृष्ट लाग्ने गरेको बताए ।
'सचिन तेन्दुलकर किनभने सम्भवत एक सेतो बल र चार फिल्डर भित्र पाँच फिल्डर बाहिर होईन् । मेरो लागि सचिन हुनेछ,' गम्भीरले भने, 'यो कठिन हुनेछ किनकी विराटले अभूतपूर्व प्रदर्शन गरिरहेको छ । तर, मलाई लाग्छ नियम परिवर्तन भएको छ । जसले नयाँ ब्याट्सम्यानलाई धेरै सहयोग गरेको छ ।'
सन् २००३ मा बंगलादेशविरुद्ध डेब्यु गरेका गम्भीरले सचिन र विराट दुवैसँग खेलेका थिए । सन् २००७ को टी-ट्वान्टी विश्वकप र ११ को विश्वकपको उपाधि जित्दा गम्भीर भारतीय टिमका महत्वपूर्ण खेलाडी थिए ।
गम्भीरले भारतका लागि ५८ एकदिवसीय, १ सय ४७ टेष्ट र ३७ टी-ट्वान्टी खेलेका छन् ।
क्रिकेटका भगवान भनेर चिनीले सचिनले विश्व क्रिकेटमा थुप्रै कीर्तिमान बनाएका छन् । विराट सचिनको कीर्तिमान पछ्याउने क्रममा रहेका छन् ।
विराट एकदिवसीय क्रिकेट ब्याटिङ वरियतामा शीर्ष र टेष्टमा दोस्रो स्थानमा रहेका छन् ।
यस्तै गम्भीरले क्रिकेटको फरक नियम हुँदा समेत सचिनको प्रदर्शन उत्कृष्ट भएको दाबी गरे ।
' नयाँ पुस्तासँग दुई नयाँ बल, रिभर्स स्विङ छैन । फिंगर स्पिन केहि छैन । ५० ओभरमा पाँच फिल्डर भित्र । जसले ब्याटिङ सजिलो बनाएको छ । सचिनले कसरि खेलेका छन् । फरक नियम, ४ सय ३०/४० विजय लक्ष्य । त्यसैले म सचिनमा जान्छु,' गम्भीरले थपे ।