एजेन्सी । इंग्ल्यान्डको राष्ट्रिय क्रिकेट टिमका बलरले भोली (बिहिबार) बाट प्रशिक्षण थाल्ने भएका छन् ।
इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले सेन्ट्रल कन्ट्रयाक्टमा रहेका बलरले बिहिबारबाट व्यक्तिगत प्रशिक्षण थाल्ने जनाएको छ ।
बलरहरुले विभिन्न ७ मैदानमा प्रशिक्षण गर्ने छन् । बोर्डले चेस्टर ली स्ट्रिट, एड्बास्टन, होभ, ओल्ड ट्राफोर्ड, टाउनटन, द ओभल र ट्रेन्ड ब्रिजमा तयारी गर्ने छन् ।
बोर्डले ब्याट्सम्यान र विकेट किपरले भने जुन १ बाट प्रशिक्षण गर्ने जनाएको छ ।
बोर्डसँग अहिले सेन्ट्रल कन्ट्रयाक्ट र काउन्टी सिस्टममा गरि कुल ३० खेलाडी रहेका छन् ।
कोरोना भाईरसको महामारीपछि मार्चबाट खेलाडीको प्रशिक्षण रोकिएको थियो ।
कोरोनाको कारण बोर्डले आगामी जुलाई १ सम्म क्रिकेट गतिविधिमा रोक लगाएको छ ।
यस्तै सरकारले आगामी जुन १ सम्म सम्पूर्ण खेलकुद गतिविधि बन्द गरेको छ ।