एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्रिकेट खेल दौरान बल चम्काउन थुकको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ ।
आईसीसीको क्रिकेट कमिटिले क्रिकेटको दौरान बल चम्काउन थुकको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
विश्वभर फैलिएको कोरोना भाईरसलाई मध्ये नजर गर्दै थुकबाट कोरोनासहित विभिन्न रोग सर्ने भएको भन्दै अनिल कुम्बले अध्यक्ष रहेको उक्त कमिटिले नियम परिवर्तन गर्ने निर्णय गरेको हो ।
कमिटिले प्रतिबन्धसहितको अन्य नयाँ नियम आईसीसीको प्रमुख कार्यकारी कमिटीमा पेश गर्नेछ । जुनमा बस्ने उक्त कमिटिको बैठकले पारित गरेपछि यस नियम लागु हुनेछ ।
कोरोनाको महामारी रोकिएपछि सुचारु हुने क्रिकेटमा नयाँ नियम लागु हुनेछ । यस अघि खेलाडीहरूले बल चम्काउन थुक, र्याल तथा पसिनाको सहायता लिदै आएका छन् ।
यस्तै पछिल्लो समय थुकलाई विस्थापित गर्न अष्ट्रेलियाको बल निर्माता कम्पनी कोकाबुराले 'व्याक्स एपिलेटर मैन' को निर्माण समेत गरिरहेको छ ।