एजेन्सी । भारतका पूर्व कप्तान तथा ब्याट्सम्यान सचिन तेन्दुलकर विश्व क्रिकेटका हस्ती हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएका ठूला ठूला कीर्तिमानको कारण सचिनलाई समर्थकहरुले क्रिकेटको भगवान तथा मास्टर ब्लाष्टर जस्ता उपनामले बोलाउने गर्छन् ।
सचिनले क्रिकेट जीवनमा हाँसिल गर्न सायद केही छुट्टाएका छैनन् होला । यद्दपी उनले एक अन्तर्वार्तामा करियरको दुई ठूलो पछुतोबारे खुलासा गरेका छन् ।
सचिन विश्वका खतरनाक बलर लागि कठिनाई बनेका थिए । उनले विश्वभरका सबै उत्कृष्ट बलरको सामना गरेका छन् । वकार युनिस, वासिम अक्रम जस्ता दिग्गज बलरविरूद्ध खेल्दै सचिनले थुप्रै रेकर्ड बनाएका छन् । कतिपय रेकर्ड त आउने पुस्ताले तोड्न सक्छन् भनेर सोच्न समेत कठिन छ ।
तर, सचिनले सुनिल गावस्कर सँगै क्रिकेट खेल्न नपाएकोमा आफुलाई पछुतो भएको खुलासा गरेका छन् ।
क्रिकेट डटकमसँगको अन्तर्वार्तामा सचिनले आफ्नो आइडल गावस्कार रहेको समेत बताए । सचिनले अन्तर्राष्ट्रिय क्रिकेट डेब्यु गरेको केही वर्षअघि गावस्करले सन्यास लिएका थिए ।
'मेरो जीवनमा दूई पछुतो छ । पहिलो मैले सुनिल गावस्कारसँग खेल्ने मौका पाइन्,' सचिनले भने, 'जब म क्रिकेट सिक्दै गर्दा सर गावस्कार मेरो प्रेरणा हुनुहुन्थ्यो । र, उहाँसँगै खेल्न नपाउने मेरो जीवनको एक पछुतो हो ।'
यस्तै सचिनले आफ्नो दोस्रो पछुतो वेष्ट इन्डिजका स्टार खेलाडी सर भीभान रिचार्ड्ससँग अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नपाउनु रहेको बताए । तर, सचिनले उनीसँग काउन्टी क्रिकेट भने एकपटक खेलेको बताए ।
'मेरो अर्को पछुतो भनेको मेरो बालक अवस्था देखिको हिरो भीभान रिचार्ड्ससँग खेल्न नपाउनु हो । यद्दपी उहाँसँग काउन्टी क्रिकेट खेल्न पाएकोमा म भाग्यमानी मान्छु,' सचिनले थपे, ' तर क्रिकेटमा उहाँसँग खेल्न नपाएकोमा मलाई ठूलो पछुतो छ । मैले डेब्यु गरेको केही वर्ष पछि उहाँले सन्यास लिएपनि मैले उहाँविरूद्ध खेल्ने मौका पाइन् ।'