एजेन्सी । भारतीय क्रिकेट टिमका ओपनर रोहित शर्माले अलराउण्डर सुरेश रैनाले चाडै राष्ट्रिय टिमका पुनरागमन गर्ने बताएका छन् ।
सामाजिक संजाल इन्स्टाग्रामको लाईभमा कुरा गर्दै रोहितले रैनाले टिममा पुनरागमन गर्नेमा आफु विश्वस्त रहेको बताएका छन् ।
सन् २०१८ मा इंग्ल्यान्डविरुद्धको खेलपछि ३३ वर्षे रैना भारतीय टिम बाहिर रहेका छन् । उनी इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्सबाट भने नियमित खेलिरहेका छन् ।
'हामीले धेरै वर्ष तपाईले खेलेको देखेका छौँ । मैले नजिकबाट देखेको छु । मलाई लाग्छ तपाईले टिममा मौका पाउनु पर्छ,' शर्माले भने, 'यस अवस्थामा तपैले आफ्नो हातमा भएको कुरा मात्र गर्न सक्नु हुनेछ । जुन कुरा म सन् २०११ को विश्वकप टिममा नहुदा भएको थियो । तपाई खेलबाट टाढा हुनु निराशाजनक छ ।'
रैनालाई भारतीय क्रिकेटमा स्टाइलिश ब्याट्सम्यानको रुपमा लिने गरिन्छ । सन् २००५ मा भारतीय टिममा डेब्यु गरेका रैनाले १८ टेष्ट खेलेका छन् ।
यस्तै भारतका लागि २ सय २६ एकदिवसीय र ७८ टी-ट्वान्टी खेलेका छन् ।
रैना आईपीएलमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । रैनाले १ सय ९३ खेलमा कुल ५ हजार ३६८ रन बनाएका छन् ।